मंसिर ६, २०७८ सोमबार

महेश सिंह/सिरहा /लहान , ६ मङ्सिर - सिरहाको लहानमा रहेको कुमारी बैंकअगाडि आइतबार नेपाल भ्यालुयर्स एसोसिएसनमा आवद्ध दर्जनौँ प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् ।

बैंकको गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियर राजेशकुमार चौरासियालाई गत कार्तिक २२ गते थुनामा राखेकाले उनको रिहाइको माग गर्दै सिरहाका मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा चर्को  विरोध कार्यक्रम गरिएको क्रेटिभ आर के स्टक्चर डिजाइन कन्सलट्यान्सी लहानका सञ्चालक शिवशंकर  महतोले बताएका छन्।

बैंकले उपलब्ध गराएको कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणीलाई कर्जा उपलब्ध गराएकामा यतिवेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता इन्जिनियरबाट परिपूर्ति गर्ने विषयको विरोधस्वरूप आज विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ।

चौरसीयालाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले चौरासियालाई रिहाइ नगरेको खण्डमा मङ्सिर ८ गते विहान ११ बजे एनएमबि बैंकअगाडि कडा रूपमा धर्ना तथा विरोधको कार्यक्रम गरिने नेपाल भ्यालुयर्स एसोसिएसनले जनाएको छ ।