असोज १, २०८३ बिहिबार

काठमाडौँ, १ असोज : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको  छनोट आज हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेकाे उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो ।  भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही रु एक लाख पाउनेछन् । साथै २ जना बम्पर उपहार पाउनेले जनही रु १० लाख पाउनेछन् ।