चीनकी टेनिस खेलाडी पेंग शुआईले आइतबार एक भिडियो कलमा आफू पूर्ण रूपमा सुरक्षित र स्वस्थ भएको जानकारी दिएकी छिन् । अन्तरराष्ट्रिय ओलम्पिक समिति (आइओसी)ले पेंगले आफूलाई यसबारे बताएको जानकारी दिएको छ ।
आइओसीले एक बयान जारी गरेर आईओसीका अध्यक्ष थोमस ब्याशले पेंग शुआईसँग ३० मिनेटसम्म कुरा गरेको बताएको छ ।
बयानमा भनिएको छ, ‘उनी ठिक छिन् । उनी कुन हालतमा छिन् भने हामीलाई असाध्यै चिन्ता लागेको थियो ।’
केही समय अघि ३५ वर्षकी पेंग शुआईले चीनका एक वरिष्ठ मन्त्रीविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यसको लगभग तीन हप्तासम्म उनी सार्वजनिक रूपमा देखिइनन् । उनी सबैको नजरबाट हराएकी थिइन् । तत्पश्चात् विभिन्न आशंका जताइँदै थियो ।