मंसिर ६, २०७८ सोमबार

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका-४ जिलु बस्ने ७२ वर्षीय ज्ञानबहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय विष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले बिष्णुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आफ्नो वेवसाइटमार्फत जानकारी दिएको छ ।