हालैमात्र अस्ट्रेलियन सरकारले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरूलाई प्रवेश खुल्ला गरेको छ । यससँगै अब कोरोनाविरुद्धको भ्याक्सिनको पूर्ण मात्रा लगाएका अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाको पीआर भएका व्यक्ति, विद्यार्थी भिषा प्राप्त गरेका व्यक्ति लगायत २८ प्रकारका भिसा प्राप्त गरेकाहरूले अष्ट्रेलिया जान अथवा अस्ट्रेलियाबाट बाहिरिन पाउने भएका छन् ।
अष्ट्रेलियाली सरकारले एक सूचना जारी गर्दै कोरोनाको कारण यात्रामा लगाएको प्रतिबन्ध हटाएको घोषणा गरेको छ ।
यात्रा गर्नको लागि खोप लगाएको कम्तिमा पनि सात दिन कटेको हुनुपर्नेछ । त्यसैगरी १२ वर्षभन्दा मुनिका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइसकेको यात्रीका रूपमा लिइनेछ भने १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप प्रमाणको आवश्यकता नभए पनि पूर्ण रूपमा खोप लगाएको अभिभावकसँग आएको खण्डमा मात्र यात्रा गर्न दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।