असोज १, २०८३ बिहिबार

नयाँदिल्ली, १ असोज : नयाँ दिल्लीले बुधबार इस्लामाबादका शीर्ष राजदूतलाई बोलाएर उत्तरी अरब सागरमा पाकिस्तानी र भारतीय नौसेनाका जहाजबीच टक्कर भएको घटनाप्रति कडा विरोध जनाएको छ ।

    भारतको विदेश मन्त्रालयका अनुसार मङ्गलबार अन्तरराष्ट्रिय जल क्षेत्रमा भएको  उक्त टक्करले कुनै ठूलो क्षति पुर्याएको छैन । यद्यपी भारतले यस घटनालाई पाकिस्तानी नौसेना एकाइको “अस्वीकार्य र अव्यावसायिक आचरण”को रूपमा वर्णन गरेको छ । जुन दुई पक्षले हस्ताक्षर गरेको सान्दर्भिक सम्झौताको प्रावधानको उल्लङ्घन भएको जनाइएको छ ।

    पाकिस्तानका चार्ज डी अफेयर्सलाई यस्तो घटनाको पुनरावृत्ति रोक्नका लागि सबै सैन्य एकाइले उचित हेरचाह गर्न र दुई पक्षबिचको सान्दर्भिक सम्झौताका प्रावधानको सम्मान गर्न सम्बन्धित पाकिस्तानी अधिकारीलाई सूचित गर्न सल्लाह दिइएको मन्त्रालयले जनाएको छ ।