मंसिर ६, २०७८ सोमबार

काठमाडौं, मङ्सिर ६ गते । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विद्युत् पोल प्रयोग गरेवाफतको भाडा रकम नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले फेरि तार काट्ने तयारी थालेको छ । यसअघि नेपाल दुरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम बुझाउन लगाउने सहमति भएपछि प्राधिकरणले तार हटाउने काम रोकेको थियो ।

सहमतिअनुसारको रकम नबुझाएपछि फेरि तार हटाउने गरी काम अघि बडाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टईले बताए ।