असोज ३, २०८३ शनिबार

काठमाडौं । री एन्ड की फिल्मको ब्यानरमा बनेको चलचित्र चंगुलको ट्रेलर रिलिज भएको छ । ओएसआर डिजिटल मार्फत रिलिज गरिएको ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलन चित्रण गरिएको छ ।चंगुलमा रहेको देशलाई मुक्त गर्न युवाहरुले गरेको मेहनत र त्यागको विषयवस्तुमा यो चलचित्र निर्माण भएको हो । यहि असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको निर्देशक राम गौतम हुन् भने मालती कार्की निर्माताको रुपमा रहेकी छन् ।