फागुन २७, २०७७ बिहिबार

काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जारी त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
टस जितेर ब्याटिङ गरेको बागमतीका लागि पारस खड्काले शतक प्रहार गरेका छन् । पारसले १ सय २२ बलमा १०० रन पूरा गरेका हुन् । उनले ९ चौका र २ छक्का प्रहार गरे ।