असोज ५, २०८३ सोमबार

काठमाडौं, ५ असोज :  नेकपा (एमाले)को  केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।

केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गर्न केन्द्रीय सचिवालय बैठक आज विहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।  पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि  सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।  निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक बस्न लागेको हो । –––