काठमाडौं ; बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले हिन्दूवादी संघ संस्थाहरु एउटा शक्तिमा रुपान्तरण भएर नेपालमा हिन्दू राष्ट्र पुनस्थापना गर्न शंकल्प गर्नु पर्ने समय आएको बताएका छन।
आज महाशिवरात्रीको अवसरमा संघको तर्फबाट एक वक्तव्य जारी गर्दै प्रवक्ता शाहले यस्तो बताएका हुन। नेपालको पहिचान र अस्तित्व सँग जोडीएको हिन्दू धर्म समाप्त पार्न बिभिन्न शक्तिहरु बर्षौ देखी सल्बलाई रहेको र ति शक्तीहरुसँग मुकाबिला गर्न हिन्दूवादीहरुले पनि एउटा ठुलो शक्ती निर्माण गर्नुपर्ने आवस्यकता रहेको प्रवक्ता शाहले जिकिर गरेका छन।
प्रवक्ता शाहले हिन्दू राष्ट्र पुनस्थापनाका लागि हज्जारौ संघ संस्थाहरु क्रियाशिल भएको र हिन्दूराष्ट्र पुनस्थापनाका लागि पनि लाखौं नेपालीहरु लाग्दा पनि किन नेपालमा हिन्दु राष्ट्र पुनस्थापना हुन सकेको छैन भनेर सबै हिन्दुवादिहरुले प्रश्न गर्नुपर्ने समय आएको पनि बताएका छन। उनले नेपालमा भएका हिन्दूवादी संगठनहरुको बिचमा एकता नहुनुनै हिन्दू राष्ट्र पुनस्थापना हुन नसक्नुको प्रमुख कारण भएको भन्दै अब सबै हिन्दुवादिहरु एकताबद्ध भएर लाग्नुको विकल्प नभएको वक्तव्यमा स्पष्ट पारेका छन।