असोज ६, २०८३ मंगलबार

काठमाडौँ, ६ असोजः जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो । 

सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । 

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अङ्कले पराजित भएको हो ।

 खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परयो । 

नेपालले दुवै हाफमा कूल ४३ अङ्क बनाउँदा पाकिस्तानले ५८ अङ्क जोड्दै १५ अङ्कको जित निकालेको थियो । नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्दैछ ।