दोलखा, ६ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय गठन गरेको छ ।
पार्टी जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका संयोजक, दुई विभाग र जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ । बैठकले सङ्गठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकीलाई चयन गरेको छ ।
बैठकले जिल्ला समितिका पदाधिकारी तथा सदस्यलाई स्थानीय तहमा समन्वय र सहजीकरणको जिम्मेवारीसमेत दिएको छ । पार्टीले भीमेश्वर नगरपालिकाको संयोजकमा जिल्ला सभापति दिनेश बस्नेतलाई तोकेको छ ।
मेलुङमा उपसभापति कृष्णबहादुर खड्का, बैतेश्वरमा सचिव रमेशकुमार श्रेष्ठ र तामाकोशीमा सहसचिव अर्जुन कार्कीलाई जिम्मेवारी दिइएको छ । पालिका अध्यक्षलाई पार्टी सङ्गठन विस्तार र गतिविधिमा सहयोग पुग्ने गरि नयाँ व्यवस्था गरिएको सचिव रमेशकुमार श्रेष्ठले बताउनुुभयो ।
हरेक स्थानीय तहबाट कम्तीमा एक जना रहने गरी नौ जनाको विभाग गठन गरिएको छ । रास्वपा दोलखाले जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ । परिषद्को अध्यक्षको जिम्मोरी बाबुलाल लामा बैतेश्वरलाई दिइएको छ ।
बैठकमा केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेल, सांसद स्मृति सेञ्चुरी, प्रदेश समिति सदस्य प्रकाश खत्री सहभागी हुनुहुन्थ्यो ।