काठमाण्डौ ; नेपाली क्रिकेट समर्थकको पुरानो तथा सबैभन्दा ठुलो फेसबुक समुह नेपाल क्रिकेट फ्यान अन फेसबुक समुहले धुर्मुस सुन्तली फाउन्डेसनको प्रत्यक्ष सहभागीतामा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालामा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको जर्सी नम्बर ७७ अंकित कुर्सी रंगशालामा राख्ने भएको छ।
“एनसिएफएफको आग्रहलाई स्वीकार गर्दै धुर्मुस सुन्तली फाउन्डेसनले पारस खड्काको जर्सी नं. ७७ को सिट एनसिएफएफलाई दिनुभएको छ।आज फाउन्डेसन प्रतिनिधि कुमार कट्टेलले सो कुराको सुनिश्चितता हामीलाई दिनुभएको छ “फेसबुक ग्रुपका सिनियर एडमिड सागर खरेलले जानकारी दिनु भयो।
धेरै क्रिकेट समर्थक तथा यस फेसबुक समुहका सदस्यबाट ७७ नम्बरको सिट एनसिएफएफको नाममा गर्नु पर्ने आवाजलाई सम्बोधन पनि यस कदमबाट भएको खरेलले बताए। यस अभियानका लागि उठेको रकम केही दिनमा हस्तान्तरण गरिने उनले बताएका छन्।