मंसिर १०, २०७८ शुक्रबार

दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् ।

यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताउनुभएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ ।  यसैबीच बेलायतले कोरोना सङ्क्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातो सूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो ।

ती देशहरुमा अस्थायी रुपमा उडानमा प्रतिबन्ध लगाएको हो । यस्तै गैर बेलायतका नागरिकलाई बेलायत जानबाट पनि अस्थायी रुपमा रोक लगाएको बीबीसीले जनाएको छ।