एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।
‘पहिलो दिन महाधिवेशन स्थलमा र दोस्रो दिनबाट बन्दसत्र सञ्चालन हुने सौराहालाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं,’ चितवन प्रहरी प्रमुख उपरीक्षक ओम अधिकारीले भने । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू र विदेशी पाहुना आउने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको भनाइ छ । ‘भीआईपी बसेको होटलदेखि कार्यक्रम स्थलसम्म ल्याउने, पुर्याउने रुट निर्धारण भइसकेको छ,’ उनले भने ।