मंसिर १०, २०७८ शुक्रबार

 प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा मानसिंह विश्वकर्मा चयन भएका छन्। बिहीबार प्रदेशको राजधानी भालुबाङमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समावेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिवमा भूपेन्द्र वली, खुला सचिवमा टीकाराम पोख्रेल, दिवाकर पोखरेल, गणेश पाण्डे, महिला सचिवमा भावना सुवेदी, जनजाति सचिवमा गजेन्द्र गुरुङ, दलित सचिवमा चिन्ताबहादुर दर्जी, मधेशी सचिवमा अलाम खान र कोषाध्यक्षमा मनिष कार्की चयन भएका छन्।

त्यस्तै, लेखा समिति संयोजकमा शीतल थापा, अनुशासन समिति सदस्यमा माया केसीलाई चयन गरिएको संगठनका केन्द्रीय सदस्य नरेन्द्र केसीले जानकारी दिए।  नेकपा (माओवादी केन्द्रक) प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनको उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मासहित संगठनका संस्थापक तथा लुम्बिनी प्रदेशबाट सञ्चार क्षेत्रमा भूमिका निर्वाह गर्ने एक दर्जनभन्दा बढी पत्रकारलाई सम्मान गरिएको थियो। 

यस्तै, लुम्बिनी प्रदेशका संस्थापक गोविन्द आचार्य, नरेन्द्रजंग पिटर, विनोद पहाडी, मौसम रोका, अजयदीप शर्मा र चेतलाल कँवरलगायतका पत्रकारहरूलाई सम्मान गरिएको थियो। सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट २०० प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए।