मंसिर १०, २०७८ शुक्रबार

म्यानमार-भारत सीमा क्षेत्रमा आज शुक्रबार बिहानै भूकम्पको तिब्र झट्का महशुस गरिएकाे छ । युरोपिय-भू-मध्ये भूकम्प केन्द्र (European-Mediterranean Seismological Centre)का अनुसार, बंगलादेशको चटगाँउभन्दा १७५ किलोमिटर पुर्वमा ६.३ रेक्टर स्केलको झट्का महशुस गरिएको हाे ।

यसको प्रभाव भारतकाे पश्चिम बंगाल, त्रिपुरा तथा आसामका साथै नेपालको पुर्वी भेगमा झापामा पनि महसुस गरिएकाे छ । शुक्रबार नै भारतको उत्तर पुर्वी राज्य मिजोरममा पनि भूकम्पको अर्को झट्का गएको समाचारमा जनाइएकाे छ ।

समाचार एजेन्सी एएनआईले ईएमएससीलाई उदृत गर्दै जनाएअनुसार बिहान ६:४३ बजे बंगलादेशको चटगाँउभन्दा १७५ किमी पुर्व (म्यानमार-भारत सीमा क्षेत्र) मा ६.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।

अहिले यो भूकम्पबाट मानविय क्षति भने भएकाे खबर प्राप्त नभएकाे तर क्षतिको विवरण आउन बाँकि रहेकाे जनाइएकाे छ । उता भारतको नेशनल सेन्टर फर सीस्मोलोजीका अनुसार, मिजोरमको थेनवलभन्दा ७३ किलोमिटर दक्षिण-पुर्वमा गएको भुकम्पको तीव्रता ६.१ रेक्टर स्केल थियो ।