काठमाडौं : बिहीबार सातदोबाटो एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई १-० गोल अन्तरले पराजित गरे सँगै सातदोबाटो च्याम्पियन बनेको हो ।
दुई खेल अघि नै च्याम्पियन बनेको सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ ।
सातदोबाटोको जितमा माल्डिना आङथुपुले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर सातदोबाटोको लागि आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ । र, सातदोबाटो 'ए' डिभिजन लिगमा उक्लिएको छ ।
सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । च्याम्पियन बन्ने क्रममा सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो । खुमलटारले २५ अंक रह्यो ।