एजेन्सी ; युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले इटालियन क्लब एसी मिलनसँग १-१ गोलको बराबरी रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता भने घरेलु युनाईटेडले बनाएको थियो । तर घरेलु टोली सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेलको ५० औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा साइमन केजेरले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
उक्त बराबरीसँगै दुबै टिमको अन्तिम आठमा पुग्ने सम्भावना कायमै राखेका छन। दोस्रो लेग खेल मिलानको मैदानमा हुनेछ । दोस्रो लेग मार्च १९ मा हुनेछ ।