असोज ९, २०८३ शुक्रबार

मकवानपुर, ९ असोजः  मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ । 
 
    बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरुषको शव अड्किएको सूचना अस्थायी प्रहरी पोस्ट गरगरे, छतिवनबाट र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाइ छ ।