असोज १०, २०८३ शनिबार

सङ्खुवासभा, १० असोजः अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छभने बाढी पहिरोको जोखिम पनि बढेको छ । मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ । 

लगातारको वर्षासँगै चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुरमा यातायात सेवा अवरुद्ध भएको छ । सिलिचोङ गाउँपालिका–२ को वाला माध्यमिक विद्यालय भवन पनि पहिरोको जोखिममा  छ ।

जिल्ला प्रशासन कार्यालयले अरुण, वरुण, हेवा र सभा खोलाको जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।