मंसिर १२, २०७८ आइतबार

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँ वार्षिक साधारण सभा पुस ७ गते, बिहिबार हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने, संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरूको निर्वाचन गरी नियुक्ती गर्ने, एबं संसथापक सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुने गरी एफपिओ जारी गर्ने बिषेश प्रस्ताव समेत सभाले पारित गर्ने छ, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमाजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस्ता छन् कम्पनीका साधारणसभाका एजेण्डाहरुः

61a2ddd40894b.jpg