एजेन्सी : पाकिस्तान सुपर लिग क्रिकेटको २०२१ को संस्करण जुनमा शुरुबाट पुन: सुरु हुने सम्भावना रहेको छ ।
पाकिस्तानी क्रिकेट बोर्डलाई जनाउदै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमका अनुसार कोरोनाका कारण गत साता बीचमै रोकिएको प्रतियोगिता जुनमा शुरु गर्ने गरि पाकिस्तान क्रिकेट बोर्डको तयारी रहेको छ ।
सबै खेलहरु कराँचीमा हुने छन् । पाकिस्तानी क्रिकेट टिमले अप्रिलमा दक्षिण अफ्रिका भ्रमण गर्ने भएकाले जुनको समयलाई बोर्डले विकल्पको रुपमा हेरेकोछ ।
नेपाली लेगस्पिनर सन्दिप लामिछाने पनि पिएसएलमा अनुबन्ध भए पनि एक खेल नखेली स्वदेश फर्किएका थिए ।
नेपाली टिमको खेल नरहे सन्दिप पनि त्यस समय पिएसएलका लागि उपलब्ध हुने छन् ।
पीसीबीले पीएसएलका बाँकी २० वटा खेल आयोजना गर्नुपर्ने छ ।
कोरोना भाइरस महामारीका कारण चार मार्चमा पीएसएल स्थगित भएको थियो । केही खेलाडीमा कोरोना पोजेटिभ देखिए पछि प्रतियोगिता नै स्थगित भएको थियो ।