प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकको हिजो (मंसिर १ गते, सुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४ औँ वार्षिक साधारण सभा पौष ६ गते बैंकको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।