असोज ११, २०८३ आइतबार

वीरगञ्ज (पर्सा), ११ असोजः वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी  निवासी सागर कर्णको परिवारलाई  आर्थिक सहयोग गरेको छ ।

    समाजका अध्यक्ष सञ्जीव थापाले कर्णकी श्रीमती सरितालाई उहाँको निवासमा पुगेर खाद्यान्नलगायत दैनिक उपभोगका सामग्री तथा रु पाँच हजार १०० नगद हस्तान्तरण गर्नुभयो । 

    सवारी चालक कर्ण मातापिताका एक्लो सन्तान हुनुहुन्थ्यो । उहाँका वृद्ध पितामाता र दुई साना सन्तान उहाँको अनुपस्थितिमा खिन्न हुनुहुन्छ । 

    यसैबीच, वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–२७ कुहडीका २८ वर्षीय मुन्ना अन्सारीको परिवारलाई भेटेर सहयोगको वचन दिएको छ ।