एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ १६ पैसा पुगेको छ । उक्त मूल्य असोज मसान्तको तुलनामा ३२ पैसाले बढेको हो । असोज मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ८४ पैसा रहेको थियो ।
त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी १ अर्ब ३० करोड ७२ लाख ५८ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी असोज मसान्तको तुलनामा ३ करोड २७ लाख १७ हजार रूपैयाँले बढेको हो । असोज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब २७ करोड ४५ लाख ४० हजार रूपैयाँ लगानी गरेको थियो ।
त्यस्तै, एनएमबि ५० ले विभिन्न प्रकारका ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फण्डले सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डको बैंक मौज्दात २९ करोड ६० लाख २३ हजार रुपैयाँमा सिमित भएको छ । असोज मसान्तसम्म फण्डको बैंक मौज्दात ३९ करोड १६ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।
फण्डले सार्वजनिक गरेको कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ ।
