मंसिर १२, २०७८ आइतबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोल अन्तरले हराएको छ । 

दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसलाई जिताउन ७० औँ मिनेटमा सुमन लामाले गरे । यो खेलमा जावलाखेलले राम्रो अवसर बनाए पनि गोल भने गर्न सकेन । खेलको अन्त्यतिर दुवै टोलीले केही मौका बनाएका थिए ।  

आजको जितसँगै पुलिस चार अङ्कका साथ दोस्रो स्थानमा पुगेको छ । लगातार दोस्रो खेल हारेको जावलाखेल भने अङ्कविहीन अवस्थामा छ । लिगमा ६ अङ्कका साथ मनाङ मर्स्याङ्दकी क्लब शीर्ष स्थानमा छ ।