फागुन २८, २०७७ शुक्रबार


कठमाडौं: नेपाली सेनाका जर्नेल पंकज कार्की यौन दुर्व्यवहार गरेको दोषी ठहरपछि बर्खास्त भएका छन् ।

सैनिक आचरण विपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए ।