असोज १६, २०८३ शुक्रबार

काठमाडौँ, १६ असोज : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराउनुभएको छ ।

महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उहाँले स्पष्ट गर्नुभयो ।

परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा  विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराउनुभयो ।