फागुन २८, २०७७ शुक्रबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा टोटनह्यामले क्रोएसियाको डाइनामो जाग्रेबलाई २-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले दुबै गोल गरे ।

घरेलु मैदानमा खेलको २५ औं मिनेटमा केनले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई २-० को जित दिलाए ।

उक्त जितसँगै टोटनह्यामको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ ।