फागुन २८, २०७७ शुक्रबार

 गत महिना सम्पन्न चौधौं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल) अक्सनमा ईतिहासमा नै सर्वाधिक मुल्यमा क्रिस मोरिस राजस्तान रोयल्समा आबद्ध भएका छन्। अक्सनमा हाल सम्म कै सर्वाधिक मुल्य प्राप्त गरेका मोरिसको आगमन पश्चात राजस्तानको विदेशी खेलाडी प्रतिको निर्भरता अझ बढेको देखिन्छ।

छ।कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको राजस्तानले मोरिसलाई टिममा भित्र्याए पश्चात गएको सिजनहरुमा जस्तै यस सिजन पनि घरेलु खेलाडीको भन्दा विदेशी खेलाडीमा टिमको निर्भरता बढी नै रहेको छ। चैत्र ३० मा पन्जाव किंग्स विरुद्ध खेल्दै यस संस्करणको आईपिएल सुरुवात गर्ने राजस्तानको सम्भावित अन्तिम ११ यस किसिमको रहने छ:

१)यजस्वी जैसवाल भारतिय अन्डर नाईन्टिन टिमलाई विश्वकपमा पुऱ्याई सकेका जैसवाल ठुलो प्रतिभा बोकेका खेलाडी रहेकाछन्। गत संस्करणमा कमै मौका पाए पनि यिनको प्रदर्शन खास रहन सकेको थिएन। यस सिजनका लागि राजस्तानले यिनलाई रिटेन गरेको थियो।

२)जोस बटलर(विकेट किपर)* बिस्फोटक ओपनरको छवि बनाएका बटलरलाई गत संस्करण मध्य क्रममा प्रयोग गरिए पनि यिनि खास सफल रहन भने सकेका थिएनन्। यस सिजनका लागि राजस्तानले यिनलाई रिटेन गरेको थियो।

३)सन्जु सामसन(कप्तान) स्टिभ स्मिथलाई अक्सन अगावै रिलिज गरेको राजस्तानले सामसनलाई आफ्नो टिमको कप्तानका रुपमा चयन गरेकोमा यिनी आफ्नो बिस्फोटक पारीका लागि चिनिने गर्छन्।

४)वेन स्टोक* इंग्ल्याण्डका मात्र नभई सारा विश्वमा नै हालका एक सफल अलराउन्डरमा पर्ने स्टोक इंग्ल्याण्डलाई गत बर्ष विश्वकप जिताउन शिर्ष भुमिकामा थिए। यिनलाई पनि राजस्तानले रिटेन गरेको थियो।

५)राहुल तिवातिया ‘हारेको खेल जिताउने बाजीगर नभई राहुल तिवातिया हो’ भन्ने उद्गारबाट स्पष्ट हुन्छ कि राहुलको राजस्तानको टिममा कस्तो हिस्सा रहेको छ भन्ने गत संस्करणमा पराजयको मुखमा पुगिसकेको केहि खेलमा टिमलाई जीत सम्म पुऱ्याउन मुख्य भुमिका खेलेका राहुल यस संस्करणका लागि राजस्तानको रिटेन खेलाडी सुचीमा रहेका थिए।

६)क्रिस मोरिस* गत संस्करण रोयल च्यालेन्जर्स बैंग्लोर(आरसिबि)बाट आईपिएल खेलेका मोरिस गत साता सम्पन्न अक्सन अगावै टिम आरसिबिको रिलिज खेलाडीको सुचीमा परेका थिए तर अक्सनमा यिनले ईतिहास नै बनाई आईपिएलमा अक्सनबाट बिकेका सर्वाधिक महंगा खेलाडीको रुममा आफुलाई उभ्याएका थिए।

७)शिबम दुवे उत्कृष्ट प्रदर्शनका बाबजुत टिमबाट रिलिज हुने खेलाडीमा पर्ने गर्छन् दुवे पनि तिब्र गतिको बलिङका साथ ब्याटिङमा समेत दख्खल राख्ने कम भारतिय अलराउन्डरमा यिनि पर्दछन्।

८)श्रेयस गोपाल लेग स्पिनर गोपाल आफ्नो गुग्लीका लागि चिनिने गर्दछन् भारतिय घरेलु प्रतियोगिताहरुमा यिनको प्रदर्शन उत्कृष्ट रहदै आएको छ।

९)जयदेव उन्नाकड तिब्र गतिरा बलर उन्नाकड भारतिय टिमलाई प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् र यिनको बलि ङ घरेलु प्रतियोगिताहरुमा घातक बनेको छ।

१०)जोफ्रा आर्चर* हालको विश्व परिबेशमा यिनको तिब्र गतिको बलिङ हरेक ब्याट्सम्यानका लागि कठिनाईमा पार्ने परिस्थिति रहेको छ। अक्सन अगाडीको राजस्तानले रिटेन खेलाडीको सुची जारी गर्दा यिनि पनि सुचिकृत थिए।

११)कार्तिक त्यागी भारतिय अन्डर नाईन्टिन टोलीबाट विश्वकप खेलिसकेका त्यागी तिब्र गतिको बलिङमा भारतिय टिमका भविष्यका रुपमा देखिएका छन्।