मंसिर १३, २०७८ सोमबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आईएमइ बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

61a41ed92763c.JPG