मंसिर १३, २०७८ सोमबार

काठमाडौ । विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई  'न्यू डायमण्ड स्पोर्ट्स क्लब' द्वारा सम्मान गरिएको छ । क्लबकी अध्यक्ष सुनकेशरी मालीको हातबाट अर्पण शर्मालाई सम्मान प्रदान गरिएको हो ।

स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाई देशको नाम विश्व सामू उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा शर्मालाई सम्मान गरिएको हो । राष्ट्रिय स्तरका खेलाडीहरु जन्माई अनेकन पुरस्कार, सम्मान र मेडलहरु जितेको 'न्यू डायमण्ड स्पोर्ट्स क्लब' एक सफल क्लबको रुपमा स्थापित भएको छ ।