काठमाण्डौ ; धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि `म बनाउँछु मेरो रङ्गशाला’ अभियान अन्तर्गत कुर्सि अभियानका लागि नेपालको पहिलो तथा सबैभन्दा ठुलो क्रिकट समर्थकहरुको फेसबुक ग्रुप नेपाली क्रिकेट फ्यान अन फेसबुक(एनसिएफएफ) ले संकलन गरेको रु १ लाख रकम भोली बिहान १० बजे फाउन्डेसनलाई हस्तान्तरण गर्दै छ।
फेसबुक ग्रुपका सदस्यहरुबाट रकम उठाईएको मा उसले पहिलो कुर्सी एनसिएफएफ को नाममा लेखाउन सफल भएको छ।समुहको आग्रह अनुसार फाउन्डेसनले पुर्व कप्तान पारस खड्काको जर्सी नम्बर ७७ को कुर्सीमा उक्त समुहको नाम लेखाउन तयार भएको हो। “हामीले उठेको १,०४,५५५/- मध्ये १ लाख पहिलो कुर्सीको लागि रकम धुर्मुस सुन्तली अभियान लाई भोली टियु मैदानमा हस्तान्तरण गर्दै छौ।
धेरै साथीहरुको अनुरोधमा हामीहरूले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काको जर्सी न.७७ को आधारमा वहाँको योगदानलाई कदर गर्दै ७७ नम्बर को नै कुर्सी दिनुहुन धुर्मुस सुन्तली फाउन्डेसन लाई अनुरोध गरेका थियौ र हाम्रो विनम्र अनुरोध लाई स्वीकार गर्दै वहाँहरुले ७७ नम्बरको कुर्सी दिनुभएको छ” समुहका सिनियर एडमिड सागर खरेलले बताउनु भयो।
पहिलोकुर्सीको अपार सफलता र उत्साहजनक सहभागिताले हामीलाई अझ अगाडि बढ्न सकिन्छ भन्ने ठूलो प्रेरणा मिलेको छ।त्यसैले हामीले अर्को कुर्सी फेरि एनसिएफएफ को नाममा लिनको लागि हामीले यस अभियानलाई निरन्तरता दिएका छौ।बाँकी रहेको ४,५५५/- रकम सहित हामी आज बाट फेरि अभियान सुरु गरेका छौ खरेलले बताउनु भयो।
खरेलका अनुसार हामीले सबै साथीहरूलाई रकम पठाउन सजिलो हुन्छ भनेर बैंक अकाउन्ट सँगसँगै ईसेवा आडि 9869220154 मा रकम पठाउन सक्नु हुन्छ तथा ग्लोबल आईएमई बैंकको खाता नम्बर 9407010003328 रहेको छ । “यो दुइटा अकाउन्टबाट उठाइएको सम्पूर्ण रकम हरुको सबै विवरण दैनिक हामी स्कृनसर्ट यस ग्रुप मार्फत सार्बजनिक गर्नेछौ” खरेलले बताए।