मंसिर १४, २०७८ मंगलबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ९२ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय २२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, हिजो मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको मंसिर ६ गते, (सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २८ गते,  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमांडौमा पोखरामा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।