एजेन्सी ; युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युईएफए युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलले पहिलो सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
ओलम्पियाकोसको घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरे । ओलम्पियाकोसका युसुफ एल अराबीले एक गोल फर्काए ।