मंसिर १४, २०७८ मंगलबार

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २९ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 61a5bb575932e.jpg