मंसिर १४, २०७८ मंगलबार

 अस्ट्रेलियामा कोभिडका विरामीलाई राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी  छन्। 

अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउँट होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन्। अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ। उनी अ‍ाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी  थिइन्। 

अ‍ागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर  निकालिएको  थियो। अ‍ागलागीमा कोही पनि घाइते भएका छैनन्। अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अ‍ागलागीको घटना सार्वजनिक भएको हो।

अ‍ोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो। यसलाइ  विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ। भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया,  जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ। 

कोभिड  नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगको  सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको  थियो। नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन्।