असोज २५, २०८३ आइतबार

गोरखा, २५ असोजः  चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ ।  आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । 

उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने  पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् । रासस