असोज २५, २०८३ आइतबार

बागलुङ २५ असोजः नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ ।    

शाखाका सचिव नारायण रिजालका अनुसार कोषबाट प्राप्त हुने ब्याजबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई रु ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने छ । 

    शाखाले कोष वृद्धि अभियानलाई निरन्तरता दिँदै पत्रकारको पेसागत हकहित र क्षमता अभिवृद्धिमा सक्दो सहयोग गर्ने बताएको छ ।