फागुन २८, २०७७ शुक्रबार


काठमाण्डौ।
झापाको दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।बिहीबार राति सवा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे–९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठोक्किँदा स्कुटर चालक दमक नगरपालिका ८ का ५० वर्षीय ईन्द्र भुजेलको मृत्यु भएको हो।

उनको लााईफ लाइन दमक अस्पतालमा उपचारका लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकल चालक दमक नगरपालिका ४ का २६ वर्षीय संजोक सुन्दास घाइते भएको र उनको बीएन्डबी अस्पताल बिर्तामोडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरी कार्यालय दमकले जनाएको छ।