फागुन २८, २०७७ शुक्रबार

सबिता चापागाईं/ कविता 

आयो प्यारो प्रजातन्त्र                                           दुनियालाई सुनाउॅंछ मन्त्र
भन्दछ न्याय खोज्नु पर्छ !
अन्याय भए सब बोल्नुपर्छ !
पर्नु हुदैन हामी पछि
ए सपुत हो !

अब हुन्न बसी
सुकेको छैन प्रजातन्त्रको मसी
जोगाउनलाई हुन्न कम्मर नकसी!

शहिदहरुले रगत दिए
वीरहरुले ताता गोली पिए
सॅंग सॅंगै आयो प्रजातन्त्र !
दिलमा पुग्छ उसको मन्त्र
प्रजातन्त्रका हामी पुजारी
धुप,दिप,चन्दन कर्म छ भारी
जस्ले बुझ्दछ हुन्छ महान्
नबुझे डुब्दछ जानाजान !!!!