मंसिर १५, २०७८ बुधबार

 संस्थागत अभिकर्तालाई सुविधा प्रदान गर्न र अभिकर्ताको काम गर्नका लागि बीमा समितिमा विल्कुलै नयाँ योजनाकासाथ "सारथी एजेन्सी प्रा.लि." हामी सामु आएको छ । कम्पनीले मंसिर ३ गते संस्थागत अभिकर्ताको काम गर्नका लागि यो संस्था समितिमा दर्ता गरेको थियो । कम्पनीको अध्यक्षमा उषा दाहाल रहेकी छिन् भने सदस्यमा शंकर बहादुर घिमिरे, विष्णु प्रसाद सुवेदी, आयुष गौतम रहेका छन् । केहि समयमै औपचारिक रुपमा  व्यवसायिक उद्घाटन गर्ने यस कम्पनीको योजना रहेको छ ।

यस समुहले २०७५ सालमै संस्थागत अभिकर्ताको काम गर्नका लागि बीमा समितिमा निवेदन दिएको थियो । त्यतिबेला सारथी पोलिसी बजार प्रालिको नाममा संस्थागत अभिकर्ताको लाइसेन्सका लागि आवेदन दिएको थियो । तर बीमा समितिले उक्त कम्पनीलाई लाइसेन्स दिएन । समितिले पोलिसी बजार नाम प्रति आपत्ती जनाउदै उक्त नाम राख्न नदिए पछि यस समुहले केहि पनि काम अगाडी बढाउन सकेन । बीमा समितिले केहि समय अगाडी संस्थागत अभिकर्ताको सम्बन्धी निर्देशिका जारी गरे सँगै संस्थागत अभिकर्ताको काम गर्नेहरुलाई सहज भएको हो ।

यस कम्पनीले मेरो बीमा नामक अनलाइन पोर्टल मार्फत संस्थागत अभिकर्ताको सेवा सुविधा प्रदान गर्ने भएको छ । कम्पनीका पदाधिकारीले नेपाल लाइफबाट अभिकर्ताको तालिम लिएर अभिरकर्ताको लाइसेन्स लिएको छ । संस्थागत अभिकर्ताको लाइसेन्स लिनका लागि कुनै एक बीमा कम्पनीमा अभिकर्ताको लाइसेन्स लिनु पर्छ । यदि धेरै वटा जीवन बीमा कम्पनीको पोलिसी बिक्री गर्ने भएमा ति सबै कम्पनीबाट अभिकर्ताको तालिम लिनु पर्ने हुन्छ । यस समुहले डिजिटल एग्रिगेटरको काम गर्ने योजना बनाएको छ । तर यस सम्बन्धमा बीमा समितिले कुनै पनि कानुनी व्यवस्था जारी गरेको छैन ।

यसमा एउटा यस्तो सिस्टमको निर्माण गरिन्छ जसले सम्पुर्ण कम्पनीको एपिआइ मार्फत सबै कम्पनीको पोलिसीहरु तुलना गर्न मिल्ने र त्याँहीबाट पोलिसी खरिद गर्ने सकिने व्यवस्था हुन्छ । तर नेपालको हकमा यस सम्बन्धी कानुन नभएकाले यो योजनामा मात्रै सिमित हुनेछ । यदि बीमा समितिले यस सम्बन्धी कानुनी व्यवस्था गर्यो भने यस समुहले आवश्यक कार्य अगाडी बढाउने छ ।