मंसिर १५, २०७८ बुधबार

पाकिस्तान, श्रीलंकासहित अन्य केही देशपछि अब चीनको ऋणमा डुब्ने नयाँ देश युगान्डा भएको छ । युगान्डा सरकार ऋण चुकाउन असफल भएपछि आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पन बाध्य भएको छ । अफ्रिकी मिडिया टुडेको एक रिपोर्टअनुसार, युगान्डा सरकार चीनका साथ ऋण सम्झौता पूरा गर्न असफल भएको छ ।

रिपोर्टअनुसार युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले यो मामिला सुल्झाउन एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । चीनले ऋणका सर्तहरुमा पुनर्विचार गरोस् भन्ने चाहना यो प्रतिनिधिमण्डलको थियो तर उक्त यात्रा असफल भयो किनभने चीनले उक्त ऋण सम्झौताका मूल सर्तहरुमा कुनै पनि परिवर्तनलाई अस्वीकार गरे । अर्थ मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणको एक प्रतिनिधित्वमण्डलले युगान्डा सरकारका तर्फबाट १७ नोभेम्बर २०१५ मा निर्यात(आयात बैंक अफ चाइना ९एक्जिम बैंक० का साथ एक सम्झौतामा हस्ताक्षर गर्दै केही सर्तका साथ ऋण लिएको थियो जसलाई विमानस्थलको पुनर्संरचनामा खर्च गरियो ।

रिपोर्टमा भनिएको छ( चिनियाँ ऋणदातासँग गरेको हस्ताक्षरअनुसार युगान्डाले आफ्नो प्रमुख हवाई अड्डाका सन्दर्भमा ‘आत्मसमर्पण’ गर्नुपर्ने स्थिति छ । युगान्डा नागरिक उड्डयन प्राधिकरण ९ग्ऋब्ब्० का अनुसार ऋण सम्झौताका केही प्रावधान एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य केही सम्पत्ति चिनियाँ ऋणदाताले अधिग्रहण गर्न सक्ने खालका छन् । चीनले युगान्डाको प्रस्ताव अस्वीकार गरेपछि राष्ट्रपति योवेरी मुसेवेनीको प्रशासन असमञ्जस्यमा परेको छ ।

यता चीनको विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरुलाई अफ्रिकामा ऋणको जाल बनाएर नियोजित रुपमा कब्जा जमाउने प्रयास गरेको भन्ने आरोप तथ्यात्मक र तार्किक नभएको बताएका छन् । उनका अनुसार कोभिड(१९ को महामारीपछि अफ्रिकी देशहरुमाथिको ऋणको बोझ कम गर्ने पक्षमा चीन छ ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा