मंसिर १५, २०७८ बुधबार

नेपाली बजारमा आज (बुधबार) सुन ४ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।