मंसिर १५, २०७८ बुधबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार '८५  नबिल डिबेन्चर २०८५' को २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

बैंकले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको  ू८५  नबिल डिबेन्चर २०८५ू नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । 

61a724f6bdf0f.jpg