कात्तिक ११, २०८३ बुधबार

कपिलवस्तु, ११ कात्तिकः कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीया जलिया थारुको मृत्यु भएको छ । 

    प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उहाँलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।