काठमाडौँ, १३ कात्तिकः सिद्धार्थ नगरपालिका-३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन् । सिद्धार्थ नगरपालिका-१ बस्ने २० वर्षीय अफजल पठानलाई आज प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैबीच प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका-३ बस्ने ६८ वर्षीय रनबहादुर थापालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ स्याङ्जाबजारबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाइ कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पाठाइएको छ ।