मंसिर १७, २०७८ शुक्रबार

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासहित प्रमुख वित्तीय सूचकहरूमा आकर्षक सुधार देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी ८६ लाख ७० हजार रुपैयाँ नोक्सानमा थियो।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १०७.१६ प्रतिशतले बढेर ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न मद्दत पुगेको हो ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको थियो । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियो ।

कम्पनीको ४० लाख कित्ता साधारण सेयर (आईपीओ) कार्तिक ११ गते, बिहीबार नेप्सेमा सूचिकृत भएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :